तीन वर्षपछि रुम्जाटारमा ओर्लियो विमान


लिला सुनुवार, ओखल्ढुङ्गा ।
यात्रु अभाबका कारणले करिब ३ बर्ष देखि उडान भर्न नसकेको रुम्जाटार बिमान स्थल ओखल्ढुङ्गामा आज देखि उडान भर्न सुरु गरीएको छ ।

ओखल्ढुङ्गा –काठमण्डौ सिधा सड्कमार्ग सहज तरिकाले सुचारु हुन थाले पछि बन्द अबस्थामा रहेको रुम्जाटार बिमान स्थल संघिय सांसद यज्ञ राज सुनुवार र प्रदेश सांसद अम्बिर बाबु गुरुङ्गको पहलमा पुन: सञ्चालनमा आएको हो ।

बिगत तिन बर्ष देखि लगभग सुनसान अबस्थामा रहेको रुम्जाटार बिमान स्थलमा आज बिहान ९ बजेर १५ मिनेट जादा 9N–ABT कलसाइनको नेपाल एयरलाइन्सको बिमान संघिय सांसद यज्ञराज सुनुवार,प्रदेश सांसद अम्बिर बाबु गुरुङ्ग सहित ९ जना यात्रु बोकेर अबतरण गरेको हो ।

रुम्जाटार बिमान स्थलमा सञ्चार कर्मीहरु संग कुरा गर्दै संघिय सांसद यज्ञराज सुनुवारले रुम्जाटार बिमानस्थल प्रदेस नं. १ कै उत्कृष्ट बिमानस्थल भएको र यो बिमान स्थल सञ्चालन हुदा ओखल्ढुङ्गा सोलु र खोटाङको यात्ररहरुलाइ प्रत्येक्ष फाइदा पुग्ने बताउनु भयो ।

रुम्जाटार बिमानस्थल सञ्चालन नहुदा ओखल्ढुङ्गा सोलु र खोटाङको छोटो यात्रा गर्न चाहाने यात्रुहरुलाइ मारमा परेको र यो भेगमा छोटो यात्रा गर्न चाहाने यात्रु हरु उल्लेखे मात्रामा रहेकोले बिमान स्थल निरन्तर चल्नेमा आफु आशाबादी रहेको सांसद सुनुवारले बताउनु भयो ।

सांसद सुनुवारले प्रदेश नं. १ को पहाडी जिल्लाहरुलाइ मध्यनजर गर्दै रुम्जटारमा नेपाल आयल निगमको फयूल सेन्टरको स्थापना गर्न आफु लागी परेको समेत बताउनु भयो ।

यसै गरी प्रदेश सांसद अम्बिर बाबु गुरुङले रुम्जाटार बिमान स्थल पुन सञ्चालनमा ल्याउन आफुले नागरीक उड्यान प्रधिकरण र नेपाल एयर लाइन्समा पहल गरेको र रुम्जाटार जिल्ला कै एक मात्रै बिमान स्थल रहेको ले नियमित उडान हुनेमा आफु बिस्वस्त रहेको बताउनु भयो ।

रुम्जाटार बिमान स्थल बाट प्रत्येक हप्ताको शुक्रबार बिहान ८ बजे देखी रुम्जाटार–काठमण्डौ उडान भर्ने तालिका रहेको र प्रतियात्रु ३६ सय ३० सरकारी भाडा दर कायम गरीयको रुम्जाटार बिमानस्थल प्रमुख केदार सत्यालले बताउनु भयो ।