म्यानपावर व्यवसायी आन्दोलनमा, माग पुरा नभए रोजगारका सबै प्रक्रिया ठप्प पार्ने चेतावनी


नेपाल समाचारपत्र, काठमाडौं ।

विभिन्न माग राखेर म्यानपावर व्यवसाी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफ्नो माग पुरा नभएसम्म विदेश काम गर्न जाने कामदारको कुनै पटि टिकट नकाट्ने दाबी गरेका छन् । विभिन्न मेनपावर कम्पनीका अनुसार अब एक हप्ताभरि कुनै पनि कामदारको विदेश जाने टिकट काटिने छैन ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्तासम्म कामदारलाई विदेश जान रोकिएको बताए । जेठ २३ गतेसम्म पनि माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ ।

संघले अबको एक हप्तासम्म पनि मागको सुनुवाई नगरे वैदेशिक रोजगरका सबै प्रक्रिया ठप्प पार्ने चेतावनी दिएको छ ।