व्यवसायी प्रभाकर राणाको निधन


नेपाल समाचारपत्र, काठमाडौं । उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ । अमेरिका उपचारको क्रममा उनको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार भइरहेको थियो ।उनी सोल्टी होटलमा संस्थापक अध्यक्ष हुन् ।

राणाका एक मात्र छोरा सिद्धार्थले अहिले उनले थालेका व्यवसायहरु हेर्छन् । सोल्टी होटलसहित सिप्रदी ट्रेडिङ सूर्य नेपाल, अमरावती, भोटेकोशी लगायतका कम्पनीको स्थापनामा राणाको मुख्य भूमिका थियो ।