पर्वतमा आठ बर्षिया बालिका बलात्कृत


पर्व, (नेस) ।
पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँ पालिका वडा ५ उराममा एक आठ बर्षिया बालिका बलात्कृत भएकी छन ।

स्थानिय बिद्यालय निर्माण कार्य गर्दै मज्दुरबाट बिहीबार साँझ बालिका बलात्कृत भएकी हुन ।

बालिका बलात्कार गरेको आरोपमा पैँयू गाउँपालीका वडा ६ सरौखोला घर भइ बिहादि गाउँ पालिका वडा ५ उरामको खोरोपोखरा मा रहेको चन्दमाध्यमिक विद्यालयको भवन निर्माण कार्य गर्दै आएका १९ बर्षिय सुरज परियारलाई प्रहरीले पक्रेको छ ।

बारीमा करणी गरिरहेको अबस्थामा देखेपछि भाग्दै गरेका अभियुक्त परियारलाई स्थानियले पक्राउ गरेका थिए । इलाका प्रहरी कार्यलय हुवासको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यलय हुवासका प्रमुख मित्र बहादुर आचार्यले जानकारी दिनुभयो ।

पिडीत बालिकालाई भने परिक्षण र उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिंग पठाइएको छ । प्रारम्भिक अनुसन्धानमा जर्बजस्ती करणी भएको देखिएको र थप अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।