उपरथी खरेल मिसन प्रमुख


काठमाडौ । नेपाली सेनाका उपरथी शिवराम खरेल संयुक्त राष्ट्र संघको सिरिया र इजरायलको बोर्डरमा रहेको डिसइन्गेजमेण्ट अवजर्भर फोर्स (युएनडीओएफ) को निमित्त मिसन प्रमुख तथा फोर्स कमाण्डरमा नियुक्त हुनु भएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले उपरथी खरेललाई निमित्त मिसन प्रमुख तथा फोर्स कमाण्डरमा नियुक्त गरेको घोषणा गर्नु भएको छ ।
युएनडीओएफको मिसन प्रमुखको रुपमा कार्यरत रहनु भएका घानाका मेजर जनरल फ्रान्सिस संजीरीको निधन भएपछि उपरथी खरेललाई मिसन प्रमुखको रुपमा घोषणा गरेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

नेपाली सेनाभित्र ब्यवसायिक सैनिक अधिकृतको रुपमा चिनिनु भएका उपरथी खरेल यस अघि संयुक्त राष्ट्रसंघको लेवनानस्थित युनिफिल मिसनको डेपुटी फोर्स कमाण्डरको रुपमा काम गरिसक्नु भएको थियो ।

उपरथी खरेलले यस अघि संयुक्त राष्ट्र संघकालागि अफगानिस्तानमा स्टाफ अधिकृतको रुपमा काम गर्नु भएको थियो । उहांले संयुक्त राष्ट्र संघ अन्र्तगत वेष्टन साहारा, कोन डेमोक्रेटिक रिपब्लिकमा समेत सेवा गरिसक्नु भएको छ ।

पाकिस्तानको रक्षा बिश्वबिद्यालयबाट सामरिक अध्ययनमा डिग्री गर्नु भएका उपरथी खरेल पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्रीको सैनिक सहायकको रुपमा समेत काम गरिसक्नु भएको छ ।