ललितपुरको भैसेपाटीमा आगलागी, क्षतिको पूरा विवरण आउँदै


ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १८ भैंसेपाटीस्थित दि काली इन्ड्रस्टियल मार्केटिङको केमिकल गोदाममा आगलागी भएको छ ।

आज बिहान ३ बजेर ४० मिनेट जादा किरण प्रसाद श्रेष्ठले सञ्चालन गरेको केमिकल गोदाममा आगो लागेको हो । प्रहरीका अनुसार गोदाममा कपडा उद्योगमा प्रयोग गरिने सोडियम हाइड्रोसल्फाइ नामक केमिकलको लिक्विड र पाउडर थियो ।

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता नारायण चिमौरियाका अनुसार आगो अहिले विहान ९ बजे नियन्त्रणमा आइसकेको बताए । उनका अनुसार आगलागीमा कुनै मानवीय क्षति भएको छैन । क्षतिको पूरा विवरण आउन बाँकी छ । प्रारम्भिक अनुसन्धान अनुसार विद्युत लाइन सर्ट भएर आगोलागी भएको डिएसपी चिमौरियाले बताए ।

आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौ तीनै जिल्लाको दमकल प्रयोग भएको छ ।

केमिकल जलेको हुदाँ पानीले भन्दा केमिकलले नै निभाउनु पर्ने भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भइरहेको डिएसपी चिमौरियाको भनाई छ ।