बजेट वितरणमुखी: डा. भट्टराई


काठमाडौं, (नेस)
समाजवादी पार्टीले सरकारले ल्याएको बजेट लोकप्रिय भए पनि वितरणमुखी भएको बताएको छ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बजेट लोकप्रिय र वितरणमुखी बताउनुभएको छ ।

उहाँले सरकारले ल्याएको बजेटलाई विगतकै निरन्तरताको संज्ञा दिनुभयो । उद्योगमा अलिकति प्रवद्र्धन गर्ने ढगंले उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा भन्सार घटाउने, सार्वजनिक ऐनमा सुधार गर्नेलगायतका सकारात्मक विषय समावेश गरिएको बताउँदै उहाँले सामाजिक क्षेत्रमा शिक्षाका क्षेत्रमा सामाजिक सुरक्षाका कुराहरुलाई सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

भट्टराईले आवश्यकता गुणात्मक ढंगले उत्पादन र रोजगारी बढाउने भए पनि गुणात्मक फड्को मार्ने ढङ्गले बजेट नआएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीले पनि बजेट लोकप्रिय भए पनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बजेट वितरणमुखी मात्र भएको प्रतिक्रिया दिनुभयो ।