मनाइयो गणतन्त्र दिवस


काठमाडौँ, (नेस)
गणतन्त्र दिवस बुधबार देशभरि मनाइयो । यसै अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा एक समारोह आयोजना गरियो । उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले सम्बोधन गर्नुभयो ।

यसै अवसरमा बुधबारदेखि गणतन्त्र सङ्ग्रहालयमा राष्ट्रिय कला परिषद्ले १५० वटा फोटाहरू राखेको छ । नारायणहिटी दरबार सङ्ग्रहायभित्र रहने उक्त संग्रहालयमा नारायणप्रसाद जोशी, गोपाल चित्रकार, मीन बज्राचार्य, सागर श्रेष्ठ, नरेश श्रेष्ठ, श्री डङ्गोल, श्रुति श्रेष्ठसहित १२ जनाले खिंचेको तस्बीर राखिएको छ ।

यसैबीच यस अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिनुभएको भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा गणतन्त्र नरुचाउने तत्वको योजना सफल नभएको बताउनुभएको छ ।