आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । संघीय संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘लोकप्रियतामुखी’ बजेट सार्वजनिक गरेका हुन् ।

यस्तो छ बजेटको आकार:

बजेटको आकार–१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
चालु– ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख
पूँजिगत– ४ खर्ब ८ अर्ब ५९ लाख
वित्तीय व्यवस्था– १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख
राजस्व– ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख