अब सबै नेपालीको स्वास्थ्य बीमा गरिने


काठमाडौं । सरकारले अब सबै नेपालीको स्वास्थ्य बीमा गरिने घोषणा गरेको छ।
अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को बजेट पेश गर्दै यस्तो जानकारी दिनुभएको हो ।

सो प्रयोजनका लागि ६ अर्ब बजेट विनियोजन गरेको बताउनुभएको हो ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा उपलब्ध गराएर सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताउनुभएको छ ।