दुर्गममा सेवा गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिनुपर्छ: अध्यक्ष तिमिल्सिना


नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको मोदी गाउँपालिकामा गणतन्त्र दिवसको अवसर पारेर गाउँपालिकाका स्थायि बासिन्दा डाक्टरहरुलाई सम्मान गर्नुका साथै बिज्ञेषज्ञ सहितको बृहत स्वास्थ्य शिबीर शुरु गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा आयोजित स्वास्थय शिबीर र गाउँपालिकामा जन्मेर देशभर सेवा गरिरहेका डाक्टरहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. जायश्वर गौतम, बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराई, बरिष्ठ फिजिसियन डा.बिद्याननिधी पौडेल सहित ३० जना भन्दा डाक्टर रहेका छन । उनीहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान गर्नुभयो । तिमिल्सिना पनि मोदी गाउँपालिका कै स्थायि बासिन्दा हुनुहुन्छ ।
शिबीरको उद्घाटन तथा डाक्टरहरुर्ला सम्मान गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुर्गममा पुगेर सेवा दिने डाक्टर र स्वास्थ्यकर्मीलाई राज्यले प्रोत्साहन गर्न सक्नुपर्छ भन्नुभयो ।

‘सरकारी दरबन्दी रहेको दुर्गम ठाउँमा पुगेर सेवा गर्नेलाई राज्यको तर्फबाट प्रोत्साहन गर्ने निति लिन जरुरी छ’ उहाँले भन्नुभयो ‘तलब, बढुवा र अन्य प्रोत्साहनका कार्यक्रमले दुर्गममा पुगेर सेवा दिन डाक्टरलाई जागरुक बनाउँछ’ उहाँले प्रोत्साहन संगै कानुन पनि बाध्यकारी बनाएर एक पटक दुर्गम पुगेर सेवा गर्नै पर्ने बाध्यात्मक अबस्था पनि ल्याउनुपर्छ भन्नुभयो । राम्रा बिशेषज्ञहरुलाई सुगममा राख्दा उनीहरुले ठुलो संख्यालाई सेवा दिन सक्ने भएकाले यस्ता प्राबिधीक पक्षलाई पनि राज्यले ध्यान दिन आवश्यक भएको भनाई अध्यक्ष तिमिल्सिनाको छ । सरकारले प्रत्येक स्थानिय तहमा १५ शैयाको अस्पताल बनाउने निती लिएको र यसलाई कार्यान्वयन गर्न सक्दा दुर्गममा पनि स्वास्थय सेवाको पहुँच सहज रुपमा दिन सकिन्छ भन्नुभयो ।

उहाँले रोग लाग्न दिनुभन्दा रोग नै लाग्न नदिने गरि चेतना र स्वास्थ्य शिक्षा पु¥याउन आवश्यक भएको कुरामा जोड दिनुभयो । ‘बिरामी भएपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने कसरी बनाउने भन्ने तर्फ ध्यान जानुपर्छ’ उहाँले भन्नुभयो ‘खानपान आहार बिहारमा सुधार गर्न लगाउँदा धेरैलाई निरोगी बनाउन सकिन्छ ।’
मोदी गाउँपालिका र रेडियो दिदीबहिनीको आयोजनामा भएको शिबीरमा पहिलो दिनमै ५ सय भन्दा बढी बिरामीले मुटु, आँखा, पेट लगायतका रोगको बिशेषज्ञबाट स्वास्थ्य परिक्षण र उपचार गराएका छन । शिबीर दुई दिन सम्म चल्ने छ । शिबीरमा काठमाण्डौ, पोखरा, बागलुङ्ग र पर्वतबाट बिशेज्ञ सहितको स्वास्थ्य टोली, उपकरण तथा १० लाख भन्दा बढी निशुल्क औषधी बितरण गर्ने तयारीका साथ शिबीर भएको डा. बिनोदबन्धु शर्माले जानकारी दिनुभयो ।