नेपाली बेच्ने भारतीय पक्राउ


हेटौंडा, (नेस) ।
दुई नेपाली बालिकालाई प्रलोभनमा पारेर झक्याई काठमाडौंबाट बीरगञ्ज हुँदै भारततर्फ लैजाँदै गरेको अबस्थामा ३ जना पक्राउ परेका छन् ।

उनीहरुलाई ललाइफकाइ प्रलोभनमा पारी लैजाने कार्यमा संलग्न नुवाकोटको कल्याणपुर गापा–९ घर भएर भारतको कोलकाता बस्ने वर्ष २४ की कविता भनिने मनिका तामाङसहित पक्राउ परेका हुन् ।

भारतको झारखण्ड राज्यको राँची बस्ने वर्ष २६ का अंशु साहु र राँची बस्ने वर्ष २३ का राजाराम महतोलाई पनि मानव बेचबिखन तथा ओसारपसार मुद्धामा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हो ।

हेटौंडा–१ स्थित चौकीटोलमा आइतबार साँझ करिब साढे ५ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी, माइती नेपाल र साना हातहरु नेपाल संस्थाले उनीहरुलाई पीडितसँगै गएर पक्राउ गरेको हो ।