जुवासतास खेल्ने पाँचजना पक्राउ


विरगन्ज, समाजमा जुवा र तासका कारण बिकृति बढेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले यस बिरुद्ध अभियान चलाएको छ ।

अभियानकै क्रममा भन्दै वडा प्रहरी कार्यालय श्रीपुरले अबैध रुपमा जुवा तास खेलिरहेको अवस्थामा नगदसहित ५ जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा न. १० अशोक बाटिका स्थित संदिप गुप्ताको घरमा डेरा गरी बस्ने हिरालाल प्रसाद गुप्ता, सत्यनारायण महतो, राजाराम महतो, राजु बहादुर क्षेत्री र किसान सर्राफलाई मंगलबार तास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट नगद रु ३४ हजार ६ सय ३२ रुपैया समेत बरामद गरेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।