बादि समुदायका बालबालिकालाई बिद्यालय पोशाक प्रदान


धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा बिपन्न बादी समुदायका वालवालिकालाई बिद्यालय पोशाक प्रदान गरिएको छ । उनीहरुलाई बिद्यालय पोशाक र झोला प्रदान गरिएको छ ।

आठबिसकोट नगरपालिका भित्रका बिपन्न बादि समुदायका २४ जना बालबालिकाहरुलाई बिद्यालय पोशाक र झोला बितरण गरिएको हो ।

सिमान्तकृत बादि समुदायको जिबिकोपार्जन परियोजना अन्र्तगतको कार्यक्रमबाट २५ हजार रकम बराबरका पोशाक र झोला बितरण गरिएको जनजागरण मञ्चका जिल्ला कार्यक्रम संयोजक शुसिल न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त समुदायका माथिल्लो कक्षामा पढ्ने २ जना बालबालिकाको ९ महिना सम्मको टिउसन शुल्क तिर्ने ब्यवस्था मिलाइने छ । जसअन्तर्गत कक्षा ६ मा पढ्ने झरना बादि र ८ कक्षा मा पढ्ने बिष्णु बादि को ९ महिना सम्मको टिउसन शुल्क तिर्ने ब्यवस्था मिलाउने उहाँले बताउनुभयो ।