जापानको कावासाकीमा चक्कु प्रहारबाट स्कुले बालिकाको मृत्यु


जापान । जापानको कावासाकीमा चक्कु प्रहारबाट १ स्कुले बालिकाको मृत्यु भएको छ । सोहि घटनामा १३ जना प्राथमिक विद्यालय तहका वालबालिकाहरु सहित १६ जना मानिसहरु घाईते भएका छन् ।

जापान टुडेको अनुसार कानागावा प्रिफेक्चरको कावासाकीस्थित नोबोरितो स्टेशनमा सो घटना घटेको हो । घटना विहान ७:४५ बजे स्टेशन नजिकै भएको थियो । साथै उक्त घटनास्थलमा एक शंकाष्पद मानिसलाई नियन्त्रणमा लिईएको जनाईको छ ।

४० देखि ५० वर्ष उमेर समुहका जस्ता देखिने ति मानिसले आफ्नै शरिरमा पनि चक्कु प्रहार गरि घाईते भएको बताईएको छ । साथै घटनास्थल नजिकैको पार्कमा २ वटा चक्कु भेटिएको थियो । कानागावा प्रिफेक्चर प्रहरीले जनाए अनुसार प्राथमिक स्कूलकी एक छात्रा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरू कानागावा प्रान्तमा बसोवास गर्दै आएको जनाएको छ ।

घटनाका घाईतेहरु कावासाकीको एक निजी विद्यालयमा प्राथमिक विद्यालयको विद्यार्थीहरू रहेको जनाएको छ । हाल घाईतेहरुलाई आपातकालीन उपचार गरिरहेको छ भने एक महिला गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।