जेलभित्रै ४२ कैदी मृत फेला


काठमाडाैं ।

उत्तरी ब्राजिलको एक जेलभित्र ४२ कैदी मृत भेटिएको समाचार प्राप्त भएको छ । ब्राजिलको अमेजनस राज्यको एक जेलभित्र भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन् ।

अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएको निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएको ब्राजिलका उच्च सरकारी अधिकारीहरुले जनाएका छन् । एजेन्सीले बताएअनुसार क्षमताभन्दा बढि कैदीका कारण अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको हो ।

सोमबारको घटनामा अन्य कैयौँ कैदी घाइते भएको समेत ब्राजिलस्थित ग्लोबो समाचार वेबसाइटमा समाचार छ । सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो । निरिक्षणमा गएका सरकारी अधिकारीहरूका अनुसार कैदीहरूलाई तीखा ब्रशले घोचिएको थियो भने घाँटी थिचिएको थियो ।