ट्रम्पको जापान भ्रमणः उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणमा आबेसँग असमत


टोक्यो (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उत्तर कोरियाद्वारा अपहरित जापानीहरुका नातेदारहरुसँग भेटेका छन् । पिडित परिवार सदस्यलाई यो विषय धेरै नै गहन रुपमा आफनो दिमागमा रहेको र उनीहरुको घर फिर्तीका लागि काम गर्ने प्रतिबद्धता उनले ब्यक्त गरे ।

आफनो औपचारिक जापान भ्रमणका क्रममा ट्रम्पले अपहरित जापानीहरुका करिब एक दर्जन जति परिवार सदस्यसँग छोटो भेट गरेका थिए । बेपत्ताहरुका परिवार सदस्यसँग ट्रम्पले भेटको यो दोस्रो पटक हो । उनले उक्त कार्यक्रममा उपस्थित भएकाहरुलाई सम्बोधन गर्दै भने– यी घटनाका विवरण अन्त्यन्तै दुुखद छन् ।

उपस्थित मध्य केहीले हातामा बेपत्ता प्रियजनको तस्विर राखेका थिए । जापानलाई के शंका छ भने, उत्तर कोरियाले सन् १९७० र १९८० को दशकमा आफना जासुसहरुको जापानी भाषा र संस्कृतिमा प्रशिक्षित गराउन उसका दर्जनौं नागरिकलाई अपहरण गरेको हो । जापानमा अपहर(ा एक शक्तिशाली तथा भावनात्मक मुद्दा हो । प्रधानमन्त्री सिन्जो आबेले लामो समयदेखिको यो प्रश्नको समाधान हुने हो भने उत्तर कोरियाका किंग जोङ उनसँग भेटवार्ताका लागि पनि तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका थिए ।

ट्रम्पले भेला भएका परिवारजनलाई भने– किन तपाईहरुको प्रधानमन्त्री यसलाई लिएर गम्भिर छन् भन्ने म बुझ्छु । यो मेरो दिमागमा गहिरोसँग बसेको छ भन्ने कुरा म तपाईहरुलाई बताउन सक्छु ।

उत्तर कोरिया मामिलामा मतभेद
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणमा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग असमति जनाउँदै आफु यी परीक्षणहरुबाट ‘ब्यक्तीगत रुपमा चिन्तित नभएको ‘ बताए ।

उत्तर कोरियाले यसै महिनाको सुरुवाटमै कम दुरीका क्षेप्यास्त्र परीक्षण गरेका थिए । दुशै देशका नेताबीच घन्टौ लामा वार्ता पछिको पत्रकार सम्मेलनमा आबेले ट्रम्पसँग असमति जनाउँदै ती क्षेप्यास्त्र परीक्षणले संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव उलंघन गरेको र ‘यो अत्यन्त दुखद‘ भएको बताए ।

ट्रम्पसँग धेरै मुद्दामा समान धारणा राख्दै आएका आबे ती क्षेप्यास्त्र जापानको सुरक्षाका लागि खतरा रहेकोले चिन्तित भएका हुन् । यसैबीच उत्तर कोरियाली नेता किमसँगको प्रस्तावित बैठकलाई लिएर उनलाई यस सम्बन्धमा ट्रम्पको समर्थन प्राप्त भएको आबेले बताए ।

आबेले भने– मलाई लाग्छ, मैले चेयरम्यान किमसँग बिना कुनै पुर्व सर्त प्रत्यक्ष भेटवार्ता गर्नु पर्छ र स्पष्ट विचारको आदान प्रदान गुर्न पर्छ ।

राष्ट्रपति ट्रम्पले यसका लागि उनले आवश्यक सम्पुर्ण समर्थन दिने बताएको आबेले जानकारी दिए । यसबीच ट्रम्पले उत्तर कोरियाली नेतालाई अत्यन्तै बुद्धिमान ब्यक्तीका रुपमा प्रशंसा गरे । आफनो देश विकासका लागि उनले परमाणु हतियार छोड्नु पर्छ भन्ने कुरा बुझेको ट्रम्पले बताए ।

वाइडेनको आईक्यु कमजोर
यसैबीच राष्ट्रपति ट्रम्पले पुर्व उपराष्ट्रपति जोय बाइडेन ‘कम आईक्यु भएको ब्यक्ती‘ भएको उत्तर कोरियाका नेता किम जोंग उनको बयानलाई समर्थन गरेका छन् । जापानका प्रधानमन्त्री सिन्जो आबेसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई ‘वाइडेन कम आईक्यु भएको ब्यक्ती हुन् ‘ भन्ने किमको बयानका सम्बन्धमा प्रश्न सोधिएको थियो । जवाफमा उनले यसको समर्थन गरे । ट्रम्पले भने– सम्भवत यो आंकलन उनको रिकर्डमा आधारित हुनु पर्छ । मलाई लाग्छ म यस विषयमा सहमत छु । अमेरिकी राष्ट्रपति चुनाव २०२० मा वाइडेन डेमोक्रयटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका छन् ।