मोदीद्वारा वाराणसीका जनतालाई धन्यवाद व्यक्त


नयाँदिल्ली,(एजेन्सी)
भारतिय प्रधानमन्त्री नरेन्द« मोदीले सोमवार उत्तरी शहर वाराणसीमा पुगेर हालै सम्पन्न लोकसभाको चुनावमा आफुलाई अत्यधिक बहुमतले जिताइदिएकामा त्यहाँका जनतालाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

आफ्ना समर्थकहरुलाई समर्थन गर्दै मोदीले भनेका छन्, ‘वाराणसीले मलाईअगाध माया र शक्ति प्रदान गरेको छ । यहाँबाट चुनाव लड्न पाउनु पनि मेरो सौभाग्य नै ठानेको छुँ । ’ मोदीलाई शहरका बाटामा उभेका विशाल जनसमुदायले हार्दिक स्वागत र अभिवादन गरेका थिए । झण्डै पाँच लाख मत सहित मोदिले वाराणसीबाट लोकसभाका लागि आफ्नो सिट सुरक्षित गरेका थिए ।

संसदको तल्लो सभा अर्थात लोकसभाको कूला ५ सय ४५ सिट मध्ये मोदीको भारतिय जनता पार्टी ( भाजपा ) को नेतृत्वमा रहेको गठबन्धनले ३ सय ५४ सिट जित्न सफल भएको थियो ।

वाराणसीमा मोदीलाई उत्तर प्रदेशका गवर्नर राम नाइकले स्वागत गरेका थिए । निर्धारित कार्यक्रम अनुसार भाषण दिनु अघि मोदीले त्यहाँको ऐतिहासिक विश्वनाथ मन्दिरमा पुजा अर्चना गरेका थिए । उनले विजेपि कार्यक्र्ताहरुको विशेष तारिफ गर्दै राष्ट्रका लागि आफु प्रधानमन्त्री भएपनि तिनीहरु माझ आफु एक साधारण पार्टी कार्यकर्ता नै भएकाे बताएक छन् ।