वोजनीयाकी र केर्बर बाहिरिए


पेरिस, (एजेन्सी)
अस्टे«लियन ओपनकी पूर्व च्याम्पियन क्यारोलिन वोजनीयाकी र विम्बल्डन च्याम्पियन एञ्जेलिक केर्बर आइतबारबाट सुरु भएको फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् ।

महिला सिंगल्सअन्तर्गत खेलमा दुबैलाई रुसी खेलाडीले पराजित गरेका हुन् । डेनमार्ककी क्यारोलिनलाई ६८औं वरियता प्राप्त भेरोनीका कुडेरमेटोभाले ०–६, ६–३, ६–३ ले हराएकी थिइन् । त्यस्तै पाँचौ वरियता प्राप्त जर्मनीकी केर्बरलाई पहिलो पटक खेलिरहेकी १८ वर्षीया अनास्तासिया पोतापोभाले ६–४, ६–२ ले पराजित गरेकी थिइन् ।

पूर्व विश्व नम्बर एक केर्बर करियर ग्रान्डस्लाम पूरा गर्ने लक्ष्यका साथ फ्रेन्च ओपनमा उत्रेकी थिईन् । ८१औं स्थानमा रहेकी पोतापोभाले करियरमा पहिलो पटक उत्कृष्ट–१० वरियताभित्र रहेका कुनैपनि खेलाडीलाई हराएकी हुन् ।

त्यसैगरी ४ वर्षपछि रोलान्ड गेरोसमा टूर्नामेन्ट खेलेका रोजर फेडेरर दोस्रो चरणमा प्रवेश गरेका छन् । तेस्रो वरियताका फेडेररले इटालीका लोरेन्जो सोनेगोलाई ६–२, ६–४, ६–४ ले हराएका हुन् ।