गर्भवतीका लागि नाइकीले नियम बदल्ने


न्यूयोर्क, (एजेन्सी)
अमेरिकाको चर्चित स्पोर्ट्स कम्पनी नाइकीले मातृत्व अवकाश सम्बन्धी आफ्नो नियम बदल्ने निर्णय गरेको छ ।

नाइकीले कम्पनीद्वारा प्रायोजित महिला खेलाडी गर्भवती भएमा जरिवाना लगाउदै आएको नियम बदल्ने भएको हो । यसअघि नाइकीद्धारा प्रायोजित महिला गर्भवती भएमा जरिवना तिर्नुपर्ने कम्पनीको प्रावधान रहंदै आएको थियो । जसको विरोध थुप्रै अमेरिकाकी एथलीट्सहरुले गर्दै आएका थिए ।

ट्रयाक एन्ड फील्डमा एक्लो छ वटा ओलम्पिक स्वर्ण पदक विजेता एथ्लीट्स एलिसन फेलिक्सले पनि नाइकीको उक्त नियमको विरोध गरेका थिए । अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार, नियम संशोंधनपश्चात् कम्पनीद्धारा प्रायोजित एथ्लीटले यदि शिशु जन्माउन चाहेमा उनीहरुमाथि १२ महीनासम्मको प्रदर्शनको आधारमा जरिवाना नलगाउने नाइकी सहमत भएको जनाइएको छ ।

फेलिक्स सन् २०१८ मा गर्भवती भएकी थिईन । नाइकीका प्रवक्ता स्यान्ड्रा केरोएन जोनले भने,–“हामीलाई लाग्छ कि नाइकी स्पोर्ट्स इन्ड्रस्ट्रीमा महिलाहरुलाई उचित तरिकाले समर्थन गर्न सकिन्छ र अन्यका लागि पनि उदाहरणीय बन्न सक्छौं ।“ यसअघि सन् २०१८ मा फेलिक्स गर्भवती भएको समय नाइकीले कम रकममा सम्झौता नविकरण गर्ने प्रस्ताव राखेको थियो ।

अमेरिकी टिमका एलिक्सकी साथी एलेसिया मोन्टानो र कारा गोचरले पनि नाइकीमाथि त्यस्तै आरोप लगाएका थिए । डिसेम्बरमा शिशुलाई जन्म दिएकी फेलिक्सले लेखिन्,–“एथ्लीट्सलाई सत्य कुरा थाहा छ, तर सार्वजनिक रूपमा बताउन डराउंन्छन् । यदि हाम्रो बच्चा छन् भने हामी आफ्नो प्रायोजकहरुसँग रकम कटौतीको जोखिम किन लिने भनेर सोच्थे ।“

फेलिक्सले भने,–“अनुबन्धको चिन्ता गरेबिना नै मैले गर्भवती हुने निर्णय गरे । नाइकीसँग अनुबन्ध सन् २०१७ मा सकेको थियो । गर्भावस्था दौरान कम्पनीले सन् २०१८ मा पहिले भन्दा कम रकममा अनुबन्ध नविकरण गर्न प्रस्ताव राखे । यदि म नाइकीद्वारा प्रायोजित एथ्लीट हूं भने के उनीहरुले मलाई सुरक्षा नदिने ?“