प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड प्रतियोगिता शुरु


बासुदेव शर्मा, जाजरकोट ।
विद्यालयको समृद्धीका लागी हामी सवैको साझा संकल्प,आर्थिक सामाजिक र पुर्वाधार हाम्रो विकल्प भन्ने नाराका साथ जाजरकोटको शिवालय गाउँपालिकामा पालिका स्तरिय प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।

शिवालय गाउँपालिकामा रहेका सात वटा माध्यामिक विद्यालयहरु रहेकोमा ६ वटा विद्यालयले खेलकुदमा भाग लिएका छन । एउटा विद्यालयबाट ३० जनाले विद्यार्थी खेलकुदमा समावेश भएका छन ।

६ वटा विद्यालयमा अध्ययनरत छात्र छात्राहरुले खेलमा प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा कपर्दी, भाला, सटपुट,भलिभल र दौड लगाएतका खेल खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम दितिय र तृतिय हुने विद्यालयलाई प्रमाण पत्र र मेडल नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

शिवालय गाउँपालिकाले संचालन गर्न लागेको प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका संयोजन मन बहादुर रावलले शनिवार उदघाटन गर्नु भएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नर बहादुर बस्नेतले खेलकुदले मानिसको सर्वाङ्गीण विकास लगाएत शरिर स्वस्थ राखी फुर्तिलो वनाउने भएकोले नियामित खेलकुदका कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नु भयो । खेलकुद क्षेत्रलाई विस्तार गर्नको लागी जाजरकोटका सात वटै पालिकाहरुसग सहकार्य गरी पालिका स्तरमा कवर्ड हल खेल मैदान निर्माणको लागी पालिकाका प्रमुखहरुसग समन्वय गरी जिल्लामा खेलकुदलाई नमुना वनाउने वताउनु भयो ।

उहाँले जिल्लाका सवै गाउँपालिका नगरपालिकाहरुमा आवश्यक समन्वय गरि प्रतियोगिता संचालन गरी गाउँपालिकामा उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरिय रनिङ्ग शिल्ड प्रतियोगितामा समावेश गराई खेलकुदका क्षेत्रमा कर्णाली प्रदेशमा पहिलो जिल्ला वनाउने लक्ष्य लिएको वताउनु भयो ।

जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मन बहादुर रावलले खेलकुद क्षेत्रको विकास भए मानिसको सामाजिक,आर्थिक,भौतिक विकास हुने भएकोले खेलकुदलाई नियामित वनाउन आ आफनो क्षेत्रबाट लाग्न सवैलाई आग्रह गर्नु भयो ।

नयाँ व्यवस्थामा सिक्ने सिकाउने कुरा अति आवश्यक भएकाले विकास योजना भन्दा सामाजिक क्षेत्रका योजनालाई महत्व दिए स्थानिय सरकारलाई सुझाव दिनु भयो । मानिसको सर्वाङ्गिण विकास गर्ने थलो विद्यालय भएकोले विद्यालयमा नियमित खेलकुदका कार्यक्रम संचालन गरी वालवालिकाहरुलाई फुर्तिलो वनाउन शिक्षक शिक्षिकाहरुलाई आग्रह गर्नु भयो ।

शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले गत वर्षमा विकास निर्माणलाई मात्र ध्यान दिएको वताउदै आगामी वर्ष विकास निर्माणमा थोरै लगानी गरी वाकी बजेट सामाजिक क्षेत्रमा लगानी गर्ने वताउनु भयो ।

शिवालय गाउँपालिका भित्र रहेका सवै माध्यामिक विद्यालयहरुले समय समयमा खेलकुदका कार्यक्रमहरु संचालन गरी बालवालिकाहरुलाई स्वस्थ राख्न मद्धत पुग्ने भएकोले गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गरेको अध्यक्ष शाहिले वताउनु भयो । प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड प्रतियोगिताको सफलताको सुझकामना दिएका थिए । कार्यक्रम १४ गते समापन गर्ने गाउँपालिकाले जनाएको छ ।