दुव्र्यसनविरुद्व बिम्ब प्रतिबिम्ब


युवा अभियान नेपाल बर्दिवास महोत्तरीका युवाले बर्दिवास नगरपालिकाको सहयोगमा लागु औषध दुव्र्यसनविरुद्धको नाटक बिम्ब प्रतिबिम्ब मञ्चन गरेका छन्।

केही स्थानीय कलाकार र केही राष्ट्रिय कलाकारको अभिनय रहेको नाटक रंगकर्मी तथा अभिनेता सुभाष गजुरेल र समाजसेवी विष्णु बम्जनको संयोजकत्वमा तयार भएको हो। ईश्वर पोखरेलको लेखन तथा राजु दोङको निर्देशनमा तयार भएको नाटकमा अनिल दाहाल, राजु दोङ, इन्द्र थापा, जीवनराज दाहाल, ममता अधिकारी, सोबिका क्षत्री, मदन सुनदास, सविना लामगादे, रामबाबु महतो, मनोज थापालगायतका कलाकारको अभिनय रहेको छ।

युवा अभियान नेपालको प्रयास, दुव्र्यसनमुक्त बर्दिवास भन्ने नाराका साथ मञ्चन भइरहेको सडक नाटक खयरमारा, हाथिलेट, किसान नगर, बिजलपुरा, चौलिखा, गौरीवास, बर्दिवास वरपरका स्कुल कलेजलगायत बर्दिवास नगरपालिकाका विभिन्न ठाउँमा मञ्चन भइरहेको छ।