एक सय दुई वर्षिया वृद्धाद्वारा हत्या


पेरिस,(एजेन्सी)
फ्रान्सको अवकाश प्राप्त व्यक्तिहरु बस्ने गरेको आश्रममा एकजना १ सय २ वर्षिया वृद्धाले आफ्नी ९२ वर्षिया छिमेकीको हत्या गरेको आशंका गरिएको छ । ति आंकित महिला अहिले एउटा मानसिक अस्पतालमा उपचार गराइरहेकी छिन् ।

सो आश्रमका एकजना सुसारेले उनले आफुलाई आफुले कुनै एक व्यक्तिको हत्या गरेर्को जानकारी गराएको प्रहरीलाई बताइएका छन् । उत्तरी फ्रान्सको चेजी मार्ने स्थित आश्रममा ति सुसारेले ति पिडित महिलालाई अनुहार भरि चोटलागेको अवस्थामा अचेत फेला पारेका थिए ।

पोष्टमार्टमको प्रतिवेदनमा उनको घाँटी थिचिएको र टाउकोमा चोटपटक लागेको कारण मृत्यु भएको उल्लेख गरिएको थियो । शनिवार राति ति सुसारेले अचेत अवस्थामा आफ्नै खाटमा भेटाइएकी ति महिलाको केहि छिनपछि नै मृत्यु भएको थियो ।

वकिलहरुलाई उदरित गर्दै एएफपि समाचार निकायले ति १ सय २ वर्षिया वृद्धाले निकै आक्रोसित र अत्तालिएको मुद«ामा आफुले कसैलाई मारेको भनी कराउँदै हिँडेको जनाएको छ । मनोचिकित्सकहरुले सो हत्याकाण्डको समय उनी मानसिक रुपमा अस्वस्थ रहेको हो वा होइन भन्नेबारे छानविन गरिरहेका छन् ।