ब्रेक्जिट सहमति विधेयक संसद्मापारित गर्ने अन्तिम अवसरः मे


लन्डन (एजेन्सी)
बेलायतका प्रधानमन्त्री टेरिजा मेले सांसदहरुसँग ब्रेक्जिटको नयाँ सहमतिको समर्थन गर्न अपिल गरेकी छिन् । यो उनीहरुका लागि त्यसतो गर्ने अन्तिम अवसर पनि भएको उनले बताइन् ।

सांसदहरुले युरोपेली संघबाट अलग हुने विधेयकको समर्थन गर्छ भने उनीहरुले ब्रेक्जिटलाई लिएर अर्को जनमत संग्रह हुनु पर्छ वा पर्दैन भन्ने विषयमा मतदान गर्ने अवसर पाउने प्रधानमन्त्री टेरिजा मेले बताएकी छिन् ।

मेले भनिन् – म यो महत्वपुर्ण मुद्दामा सदनमा सत्य र इमान्दार भावनाको सह्राना गर्छु । सरकार अर्को जनमत संग्रह गराउने मुद्दामा मतदात गराउन सक्छ । तर यो इयुबाट अलग हुने विषयको सम्झोतालाई स्विकृति पाए भने मात्र हुनेछ ।

यस अघि टेरिजा मेको विधेयक संसदमा ३ पटक अस्विकृत भइसकेको छ । तर उनले यो पटक विधेयकमा केही परिवर्तन गरेको बताएकी छिन् । यसमा आफुले १० वटा बुँदा थप गरेको उनले बताएकी छिन् ।

यसबीच मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कार्बिनले अहिलेको विधेयक पहिले कै परिवर्तित रुप मात्र भएको बताउँदै आफ्नोको पार्टीले यस विधेयकलाई समर्थन गर्न नसक्ने बताएका छन् ।


उनले भने– यसमा बजारका एकिकरण वा सीमा शुल्क संघ वा अधिकारीको संरक्षण, विशेष गरि ग्राहकको अधिकार र भविष्यमा उपभोग हुने खाद्य सामाग्रीको गुस्तरताका बारेमा कुनै कुरा उठाइएको छैन ।

तर मेले यो विधेयक श्रमिक अधिकार, पर्यावरण सुरक्षा र उत्तरी आइरिस सीमा जस्ता समस्याको हलको विश्वास दिलाएको बताएकी छिन् ।

प्रधानमन्त्री मेकै पार्टीका केही नेताहरुले पनि यो बिधेयकको समर्थन गरिरहेका छैनन् । कन्जरभेटिव पार्टीका सांसद ज्याकब रिसमगले टेरिजा मेको यो प्रस्ताव पहिलेको भन्दा खराब रहेको बताएका छन् ।

यसबीच मेले यदि सम्झोता विधेयकलाई समर्थन नहुने हो भने सम्भवत ब्रेक्जिट नै नहुने बताएकी छिन् । मे आफनो अन्तिम प्रयासका रुपमा जुनको शुरुवाटमा ब्रेक्जिट सम्झौता विधेयक संसद समक्ष पेश गर्ने तयारीमा छिन् ।

उनले भनिन्– धेरैजसो सासंदले उनीहरु जनमतसंग्रहको नतिजालाई मुर्तरुप दिन चाहेको बताएका छन् र यो गर्नका लागि अन्तिम मौका हो भन्ने मलाई लागेको छ ।

गत मार्चमा उनले टोरी सांसदहरुसमक्ष यदी युरोपेली युनियनबाट अलग हुने बेक्जिट सहमति विधेयकमा समर्थन जुटेमा आफुले कुर्सी छोड्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।