युरोपको ग्ल्यामरमा सारा श्रेष्ठको गौरवता

0
Shares

पोर्चुगल। नेपाल वाहिर प्रवासमा पनि नेपालीको शान तथा गौरवतालाई विभिन्न क्षेत्रवाट नेपालीहरुले राख्दै आएका छन्। त्यो शान तथा गौरवतालाई विगत १३ बर्षदेखि युरोपमा रोजगारीको सिलसिलामा रहेकी सारा श्रेष्ठले पनि आफ्नो क्षेत्रवाट कायम गरेकी छन्।

हाल युरोपको नर्बेमा रहेकी साराले विशेषत प्रवासमा बसेर पनि नेपाली कला र कलाकारिता तथा मोडलिङ क्षेत्रमा सर्वोत्कृष्टता दिने कार्य भैरहेको छ। युरोपको नर्बेमा हाल बसोबास रहेतापनि साराको युरोपको स्थायी ठेगाना भने पोर्चुगल नै हो।

नर्बे र पोर्तुगल रोजगारीको सिलसिलामा साराको प्राय आतेजाते हुने गर्दछ। एकातिर आफ्नो व्यावसायिक रोजगारी तथा अर्कोतिर युरोपको मोडलिङ क्षेत्रमा नेपाली हुनुको गौरवता कायम गर्ने कार्य सारावाट भएको छ। आकर्षक अनुहार तथा निर्भिक व्यवहारकी धनी सारामा नायिका तथा मोडलमा हुनुपर्ने सवै गुण रहेको छ।

सन् २०१२ देखि युरोपको मोडलिङ क्षेत्रमा आफ्नो उपस्थिति जनाउंदै आएकी साराले हाम्रो नाता ९सत्य–स्वरुपराज०, कहाँ गयो कता हरायो ९दार्जिलिङकी ललिता०, रहेछौ यात्री ९सूर्य दयालु०, आऊ गोरी ९सूर्य दयालु–मेलिना राई०, परेली फर्काई फर्काई ९बाबुराम शिल०, दुई किनार ९सूर्य दयालु०लगायत झण्डै १० वटा नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। यी सवै म्युजिक भिडियोहरुमा साराको स्वभाविक तथा आकर्षक अभिनय रहेको छ।

नेपाल र युरोपको ग्ल्यामर क्षेत्रमा बेग्लै आयाम राख्ने क्रममा रहेकी साराको विचारमा हरेक कुरामा प्रेम र विश्वासको आवश्यकता रहेको छ। यी दुई कुरा सवैमा हुनु आवश्यकता भएको बताउने सारामा नेपाली हुनुको बेग्लै गौरवता रहेको छ। जहाँ जता रहेतापनि आफू जन्मेको देश नेपाललाई विर्सन नहुने धारणा साराको रहेको छ।

यसले गर्दापनि बेलाबखत नेपाल जाने र विभिन्न पिछडिएका बर्ग तथा क्षेत्रमा सक्दो सहयोग गर्ने कार्य पनि गर्दैआएको बताएकी छन्। विभिन्न फिल्मवाट अफर आएतापनि कार्य व्यस्तताले मोडलिङ वाहेक फिल्ममा हात हाल्ने कार्य हाललाई आफूले नगरेको पनि साराले भनेकी छन्। निकट भविष्यमा समयले साथ दिएमा तहल्कापूर्ण फिल्ममा बेजोड भूमिकामा गजबको अभिनय गर्ने साराको सोच र लक्ष्य भने रहेको छ।