संविधान र प्रेस स्वतन्त्रता विरोधी विधेयकहरू फिर्ता गर्न कांग्रेसकाे माग

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेपालको संविधानको प्रावधान र व्यवस्था तथा भावनाको प्रतिकूल हुने गरी संसदमा दर्ता गरेका विधेयकहरूप्रति घोर आपत्ति जनाएको छ ।

सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकले संविधान र प्रेस स्वतन्त्रता विरोधी विधेयकहरू फिर्ता गर्न माग गरेको छ ।

‘नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरी विधेयकहरू संघीय संसदमा दर्ता गरेकोमा नेपाली कांग्रेस संसदीय दलको यो बैठक घोर आपत्ति व्यक्त गर्दछ’, मुख्य सचेतक बालकृष्ण खाँणले भनेका छन्, ‘ती विधेयकहरू प्रस्तुत गर्ने क्रममा सरकारले देखाएको धारणाले वर्तमान सरकार निरंकुशताको यात्रामा अघि बढी रहेको देखिन्छ ।’

नेपाली कांग्रेस संसदीय दल सदैव राष्ट्रिय सुरक्षा, मानव अधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिदै सबै प्रकारका निरुंकुशताका विरुद्ध संघर्ष गरी रहने मुख्य सचेतक खाँणले चेतावनी दिएका छन् ।

‘संविधान प्रतिकुलका उपरोक्त विधेयकहरु फिर्ता गर्न जोडदार माग गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । एक साता लामो भियतनाम र कम्बोडिया भ्रमण सकेर बुधबार स्वदेश फिर्ता हुँदै छन् ।