प्रधानमन्त्री ओलीद्धारा विन–विन मेमोरियलको अवलोकन

0
Shares

काठमाडौँ । कम्बोडियाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान राजधानी नोम पेन्हस्थित विन विन मेमोरियलको अवलोकन गरेका छन ।

भ्रमणको अन्तिम दिन आज विभिन्न कार्यक्रममा सहभागी भइ आज राजधानी नोम पेन्हस्थित विन विन मेमोरियलको अवलोकन गरेका हुन ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवका साथै नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि उपस्थिति थियो ।

तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी सामदेक हुन सेन, कार्यवहाक राष्टप्रमुखसँग पनि भेटवार्ता गरेका थिए  । प्रधानमन्त्रीलगायत सम्पूर्ण टोली आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।