दुबईमा १२ नेपाली अलपत्र

0
Shares

काठमाडौँ । २ महिनादेखि कम्पनीले तलब नदिएपछि आबुधाबीमा १२ जना नेपाली अलपत्र परेका छन् ।

आबुधाबी मुसाफा आइकार्ड ८ स्थित कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा कार्यरत नेपालीहरु तलब नपाएपछि अलपत्र परेका हुन् । कम्पनीले तलब नदिएपछि खाने तथा बस्ने समस्या भएको पिडितले बताएका छन् ।  १२ जनामध्ये ७ जना मुसाफामा र ५ जना दुबईमा छन् । जसमा मोरङ, सर्लाही, सिन्धुपाल्चोक र बुटबल घर भएका नेपाली छन् । उनीहरु काठमाडौंस्थित महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत प्लम्बर र इलेक्ट्रिसियन पदमा आएका थिए ।

दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले अलपत्र नेपालीका समस्या समाधान गर्न आग्रह गरेको बताए । एक साताभित्रमा समस्या समाधान नगरे दूतावासले कानूनी र कूटनीतिक उपचार खोज्ने कार्कीको भनाइ छ । मेनपावर कम्पनीले पनि कामदार कार्यरत कम्पनीसँग समन्वय गरेर समस्या समाधान गर्ने जनाएको छ ।