कम्बोडियाबाट प्रधानमन्त्रीकाे यस्तो ट्वीट

0
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५५ औं विद्यार्थी एकता दिवसको शुभकामना दिएका छन् ।

उनले अध्ययनलाई जीविका, परोपकार र देश निर्माणसँग गाँस्दै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ५५ औं स्थापना दिवसका अवसरमा अध्ययनलाई जीविका, परोपकार र देश निर्माणसँग गाँस्दै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा सार्थक योगदान गर्न विद्यार्थी समुदायमा हार्दिक आव्हान गर्दछु ।’

भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कंदै छन् । साँझ ७ बजे प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको विमानबाट काठमाडाैं आइपुग्ने कार्यक्रम छ ।

साथै दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन् ।

प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएका थिए ।

बुधबार विहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियो ।

भूगोलपार्कमा आयोजित सभालाई अनेरास्ववियूका पूर्वअध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनाली, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले सम्बोधन गरेका थिए ।