कस्ले लगायो मेयरको गाडीमा आगो ?

0
Shares

काठमाडौं । अछामको मंगलसैन नगरपालिकाका मेयरको गाडीमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेका छन् ।

मेयर पदम बोहराले चढ्ने गरेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगो लगाइएको छ । गाडी आगजनीबाट पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगजनी कस्ने किन गर्यो भन्ने बारेमा अहिलेसम्म खुलेको छैन । प्रहरीले भने आगजनी गर्ने समूहको खोजि भइरहेको जनाएको छ ।