वनमा आगो लगाउँदै १ जना समातिए, आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो


सरिता चलाउने, सल्यान ।
बनमा आगो लगाउदै गरेको अबस्थामा सल्यानमा एक जना पक्राउ परेका छन ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित आमा चौतारी नजिक बनमा आगो लगाइराखेका एक जनालाई शसस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो ।

वडा नम्बर २ का ५९ बर्षिया तिर्थ बहादुर खाडलाई आगो लगाउदै गरेको अबस्थामामा बनबाट पक्राउ गरेको शसस्त्र प्रहरी बल एपिएफ सल्यानका प्रहरी प्रमुख बिमल डाँगीले बताउनु भएको छ । खाँडले लगाएको आगो भने नियन्त्रणमा आएको छ ।

आगो लगाउने खाँडलाई नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागि डिभिजन बन कार्यालय सल्यानलाई जानकारी गराई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको डाँगीको भनाई छ ।

बन जंगलमा आगो लगाउने कसैलाई पनि नछाड्ने उहाँले बताउनु भएको छ ।

जिल्लाका विभिन्न सामुदायिक वनहरुमा डढेलो लागि रहेको छ । डढेलोका कारण अहिलेसम्म ३ जनाको मृत्यु भईसकेको छ । डढेलोबाट दर्जन बढि घरगोठ खरानी भएका छन् । आगो लगाउनेलाई पहिचान गरि ऐन अनुसार कार्बाही हुने उहाँले बताउनु भयो ।

जिल्लाका सबै सुरक्षा निकाय, डिभिजन वन कार्यालयले विभिन्न स्थानहरु सचेतामुलक कार्यक्रमहरु गरी रहेपनि वनमा भने डढेलो कम हुन सकिरहेको छैन ।

आगलागीमा परी मृत्यु हुनेको सख्यां ३ पुग्यो 

सल्यानमा आगलागीमा परि घाइते भएका एकजनाको ज्यान गएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाँडाका ४७ बर्षिय खगेन्द्र बोहराको उपचारको क्रममा ज्यान गएको हो । २८ शनिवार इन्द्रेणी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा घाइते भएका उनको उपचारको क्रममा काठमान्डौको किर्तिपुर अस्पताल किर्तिपुरमा मंगलबार बिहान ५ बजे ज्यान गएको वडा अध्यक्ष चुडामणी दसौदीले बताउनु भएको छ ।

आगलागीमा परि शरिर जलेर घाइते भएका बोहरालाई सल्यान अस्पताल सल्यानमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि शनिवार नै काठमान्डौ लगिएको थियो ।

उनको सब काठमान्डौबाट घरमा ल्याउने तैयारी भैरहेको वडा अध्यक्ष दसौदीले बताउनु भयो ।

आगलागीमा परि शनिवार सोही ठाउाका पुन्टी बोहराको ज्यान गएको थियो । यो सगै आगलागीमा परि ज्यान गुमाउनेको सख्ंया ३ पुगेको छ ।