झापामा गजल साँझ

0
Shares

भद्रपुर (नेस)। झापामा गजल साँझ कार्यक्रम गरिएको छ। कार्यक्रममा झापा घर भएका राष्ट्रिय कलाकार बलाराम राजवंशी र नीता थापा मगरले विभिन्न गजल सुनाएर मनोरञ्जन दिलाएका थिए। बिर्तामोडको साई प्यालेसमा शुक्रबार सा“झ आयोजना गरिएको कार्यक्रममा इन्द्रेणी गजल समूहको प्रस्तुति रहेको थियो।

झापामा नै रहेका कलाकार ओझेलमा परिरहेको गुनासो आएकाले कार्यक्रमको आयोजना गरिएको संयोजक हरि बस्नेत (चट्टान)ले बताए। सबैको सहयोगमा झापामा गजल प्रस्तुत गरेर कलाकारलाई थप उचाइमा पु¥याउन यसले सहयोग पुग्ने बस्नेतको भनाइ छ।

कार्यक्रममा उकाली ओरालीहरूमा, गाजलु ती ठूला–ठूला आ“खा, पर्खिबसें जस्ता गजल र गीत प्रस्तुत गरिएको थियो। प्रदेश सांसद वसन्तकुमार बानियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन श्रीदेव भट्टराईले गरेका थिए।