खुल्यो कामना फिल्म अवार्डको आवेदन

0
Shares

नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाले नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको पाँचौं संस्करणको सिजी लक्स कामना फिल्म अवाड्र्स–२०७६ का लागि आवेदन खुला गरेको छ।

आजभन्दा ३५ वर्षअगाडि, जुन बेला वर्षमा एउटा फिल्मसमेत निर्माण हुँदैन थियो, त्यस समयमा नेपाली फिल्म तथा कलाकार प्राविधिकको मान–सम्मान तथा सामाजिक प्रतिष्ठा दिलाउने उद्देश्यले कामना सिने मासिक प्रकाशनमा ल्याउने यो अवार्डको आयोजक संस्था कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई अकल्पनियरूपमा अल्पायुमै गुमाउनुपरेको छ।

नेपाली फिल्म र फिल्मकर्मीको सम्मानकै खातिर कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सारेका प्रधान सम्पादक श्रेष्ठको दुःखद् निधनका बीच कामना प्रकाशनले उनले देखाएको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको हो। निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहनुभएका उहा“प्रति सच्चा श्रद्वाञ्जली हुने विश्वास पब्लिकेसन्स्ले व्यक्त गरेको छ।


सिजी लक्स कामना फिल्म अवाड्र्स–२०७६ मा २०७५ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका नेपाली सिनेमाले सहभागिता जनाउन सक्नेछन्। आवेदन निःशुल्करूपमा भर्न पाइने व्यवस्था गरिएको छ। यसका लागि कामनाको कार्यालयमा सम्पर्क राखी निःशुल्क आवेदन लिएर वा newsofnepal.com को यस लिंकमा गएर विवरण भरी [email protected] मा आवेदन पठाउन सकिने व्यवस्था गरिएको छ।

कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने सिजी लक्स कामना फिल्म अवार्डस्मा २०७३ सालबाट बहुर्राष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ। सम्मान चलचित्रकोः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रूपमा हुँदै आएको अवार्ड समारोहमा फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था तथा विज्ञहरूस“गको बृहत् छलफलपछि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ। त्यसै गरी फिल्म क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली फिल्म क्षेत्रको उन्नयनमा योगदान पु¥याउने एक–एक जनालाई जनही १ लाख रुपिया“ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिँदै आएको छ।

त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरि“दै आएको छ। संगीत, फेसन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरि“दै आएको छ। कामना फिल्म अवार्डस् मात्र यस्तो अवार्ड हो, जसमा एउटै विधामा १ जनाभन्दा बढी विजय भए सो विधामा सामेल चलचित्रकर्मीलाई छुट्टाछुट्टै ट्रफी प्रदान गरि“दै आएको छ। अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरि“दै आएको छ। प्रतिस्पर्धामा रहेका सम्पूर्ण २६ विधामा प्रतिस्पर्धा गर्न अनिवार्य नभएकाले प्रतिस्पर्धामा सामेल हुन लायक लागेको विधामा मात्र कलाकार तथा प्राविधिकको नाम भर्न सकिने तथा १ भन्दा बढी गीत भएको खण्डमा समेत प्रतिस्पर्धा गर्न लायक लागेको गीतको गीतकार, संगीतकार, गायक, गायिका र नृत्य निर्देशकको नाम मात्र पनि आवेदनमा भर्न सकिने व्यस्वस्था गरिएको छ।