भुवन चन्दको साइनो साउनमा

0
Shares

नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दद्वारा पहिलोपटक निर्मित फिल्म साइनो आगामी साउन २४ गते रिलिजमा आउने भएको छ।

डबिङ, कलरिङ, मिक्सिङलगायतका प्राविधिक काम नसकिएकाले फिल्मको प्रदर्शन मिति सारिएको यसका निर्देशक रमेश थापाले जानकारी गराए। यसअघि फिल्म जेठ १० गते रिलिज गर्ने तयारी गरिएको थियो।

चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्वारा निर्देशित साइनोमा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजाराजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका कलाकारले मुख्य भँमिकामा अभिनय गरेका छन्।

शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ। फिल्मको एउटा गीत रिलिज गरिसकिएको छ। अर्को नयाँ गीत चाँडै नै दर्शकमाझ ल्याउने तयारी गरिएको निर्मात्री भुवन थापा चन्दले जानकारी गराइन्।