संगीतमा घामको छाया


लोक दोहोरी गीत घामको छाया राजधानीमा आयोजित एक समारोहबीच लोकगायक कुमार बस्नेतले भिडियो प्रिमियरसँगै गीत सार्वजनिक गरिएको छ।

मेलिना राई र लक्ष्मण मगरको स्वर रहेको गीतबारे बोल्दै प्रमुख अतिथि लोकगायक बस्नेतले पछिल्लो समयका लोकगीतको क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले गीतसंगीतको क्षेत्रमा प्रविधिले फड्को मारेसँगै विकृति पनि आएको बताए।

गीतमा मीनप्रकाश ओलीले संगीत भरेका छन् भने रमेश बोहराको शब्द छ। गीतको एरेन्ज केबी भण्डारीले गरेका हुन्। भिडियोमा भँपेन्द्र डाँगी र सृष्टि खड्कालाई फिचरिङ गरिएको छ। प्रकाश खड्काले खिचेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।

संगीतकार मीन प्रकाशले पछिल्लो समय युवापुस्ताले मन पराउने गीत बनेको बताए। निर्देशक विक्रमले कलाकारको उत्कृष्ट कामले भिडियो राम्रो बनेको बताए। कार्यक्रम गोपिकृष्ण चापागाईंले सञ्चालन गरेका थिए।