लुट्न सके लुटपछि हाम्रो पाला


लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ। लुट्न सके लुटपछि पशुपतिले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयलाई लिएर बनाएको गीत सार्वजनिक गरिएको हो।

हजुर हाम्रै पाला, जसरी नि बनाउने हो क्रिकेट रंगशाला बोलको गीत पशुपति र देवी घर्ती मगरले गाएका छन्। पशुपतिकै शब्द र संगीतमा तयार भएको गीतको म्युजिक भिडियो शंकर बिसीले निर्देशन गरका छन् भने दिवस हुमागाईं र नवीन घर्ती मगरले सम्पादन गरेका छन्। गीतको भिडिया धुर्मुस सुन्तलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।