शहर शहरमा वीरविक्रमको कन्सर्ट

0
Shares

आगामी जेठ ३ गते अल नेपाल रिलिजमा आउने फिल्म वीरविक्रम २ ले दर्शकमाझ उत्साह जगाएको छ। केही दिनअघि पोखरा र चितवनमा भव्य कन्सर्ट आयोजना गरेर राजधानी फर्केको फिल्मका कलाकारले राजधानीको बालाजुस्थित बिजी मलअगाडि हजारौं दर्शकमाझ अर्को कन्सर्ट गरेका छन्। त्यसलगत्तै कलाकारको समूह कीर्तिपुर र बनेपामा आयोजित कन्सर्टमा सहभागी भएर दर्शकलाई मनोरञ्जन प्रदान गर्दै वीरविक्रम २ प्रति उत्साह जगाएका छन्।

राजधानीभित्र र बाहिरका शहरमा फिल्मका मुख्य कलाकारहरू पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, संगीतकार तारा प्रकाश लिम्बु र निर्देशक मिलन चाम्स प्रस्तुत भएका थिए। उनीहरूले फिल्मका संवाद बोलर सुनाउनुका साथै नृत्य प्रस्तुत गरेका थिए। त्यसै गरी संगीतकार तथा गायक लिम्बुले फिल्ममा समावेश पिरतीको मिठो तिर्सना बोलको गीत गाएर सुनाएका थिए। निर्देशक चाम्सले आफँले वीरविक्रम २ एउटा पँर्ण मनोरञ्जन दिने फिल्म निर्माण गरेको बताए।

नौलो परिहनकन्सर्टमा नायिका वर्षा शिवाकोटीको अनौठो पहिरन। सर्टको अगाडिको भाग पछाडि र पछाडिको भाग अगाडि, एउटै पाइन्टमा २ कलर र २ खुट्टामा फरक फरक रंगको जुत्ता।

चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता अर्पण सापकोटा हुन्। फिल्ममा पल शाह, नाजिर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतमलगायतका कलाकारले अभिनय गरेका छन्। प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, रञ्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको छायांकन निर्देशन, नवराज उप्रेतीको छायांकन र बनिष शाहको सम्पादन रहेको फिल्म वीरविक्रमभन्दा बिल्कुलै नयाँ कथामा बनेको निर्देशक चाम्सले बताए।