महिला आन्दोलनकी अगुवा सरस्वती देवी कुँवरको निधन

0
Shares

काठमाडाैँ । अछामको महिला आन्दोलनकी अगुवा सरस्वती देवी कुँवरको ८४ बर्षको उमेरमा निधन भएको छ । कुँवरको शुक्रबार साँझ ७ बजेर २४ मिनेटमा काठमाडाैँको बुढानिलकण्ठस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ८ गैरागाउँ स्थायी घर भएकी कुँबर हाल काठमाण्डौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्ब ६ प्रगति टोलमा बस्दै आएकी थिइन ।

दिवंगत कुँवर अछामको महिला आन्दोलनमा अनवरतरूपमा क्रियाशील थिइन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेको संगठित सदस्य समेत रहेकी कुँवर अखिल नेपाल महिलासंघको बिराटनगरमा सम्पन्न सम्मेलनमा अछामको प्रतिनिधित्व गर्दै सहभागी भएकी थिइन ।

कुबँरका तीन छोरा र एक छोरी रहेका छन । तीनै जना राजनीतिसँगै व्यवसायमा संलग्न रहेका छन । माइला छोरा रमेश कुँवर पर्यटन व्यवसायी संगठन, सुदूरपश्चिम प्रदेशका सचिव हुन भने कान्छा छोरा एकिन्द्र कुँवर प्रेस चौतारी नेपालका केन्द्रिय कमिटी सदस्य हुन । उनी रेडियो रामारोशन अछामको अध्यक्ष समेत हुन । दिवंगत कुँवरको हिन्दु परम्परा अनुसार अाज बैशाख २८ गते पशुपति आर्यघाटमा बिहान १० बजे विद्युतिय शवदाहगृहमा अन्तिम दाहासस्कार गरिने परिवारले जनाएको छ ।