त्रिभुवन विमानस्थलबाट १ लाख डलर बरामद, भारतीय महिला पक्राउ

0
Shares

काठमाडाैँ । एक भारतीय महिला त्रिभुवन विमानस्थलबाट अबैध डलरसहित पक्राउ परेकी छिन । नेपाल वायुसेवा निगमको विमानबाट भारत जान लागेकी वर्ष ४४ की वंदना सोनी भन्ने वंदना घनश्याम सोनीलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनी नेपाल एयरलाइन्सको उडान नं. RA201 बाट काठमाण्डौंबाट भारतको मुम्बइ जान लागेकी थिइन ।

उनको साथबाट अमेरिकी डलर एक लाख अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद अमेरिकी डलर सहित निजलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्वल अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको पनि प्रहरीले जनाएको छ ।