अबैध रुपका ल्याइएका ३१ वटा राँगा–भैंसी बरामद

0
Shares

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–३२ बाट ३१ वटा राँगा र भैंसी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल १४ नं. गुल्म हेडक्वाटर राजश्व तथा भन्सार सुरक्षा गस्ती पर्साको टोलीले वीरगञ्ज–३२ सोलखपुरबाट राँगा र भैंसी नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ७ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ । पर्साबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ३१ वटा राँगा, भैसी, पाडापाडी बरामद गरिएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।

राँगा भैंसी ल्याउने व्यक्ति भने भागेकोले पक्राउ गर्न नसकिएको उनको भनाइ छ । नियन्त्रणमा लिएको राँगा, भैसीं आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।