१० महिनाकी आफ्नै छोरीलाई जलाएर हत्या गरेको आरोपमा बाबुआमा समातिए


दार्चुला । आफ्नै १० महिनाकी छोरीलाई जलाएर हत्या गरेको आरोपमा दार्चुलामा बुबाआमा पक्राउ परेका छन् ।

बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो ।

घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको प्रहरीले जनाएको छ ।
स्थानीयले खबर गरेपछि उनीहरुलाई धौलाकोट प्रहरी चौकीका प्रहरी टोलीले पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।