अर्थमन्त्री खतिवडाले भनेः यस वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत


नेपाल समाचारपत्र, काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले यस वर्षको आथिृक बृद्धि ७ प्रतिशत हुने बताएका छन्। प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यस वर्ष ७ प्रतिशतले आर्थिक बृद्धि हुने बताएका हुन्।

केही समय अघिमात्र केन्द्रीय तथ्यांक विभागले यस वर्षको आर्थिक बृद्धि ६.८१ प्रतिशतले हुने बताएको थियो। तर खतिवडाले भने ७ प्रतिशतले हुने बताएका छन् ।

आजसम्म अर्थमन्त्री तथा सरकारले आर्थिक बृद्धिको आधारभुत मूल्याको अंकमा भन्ने गरेका थिए। जुन विभागले भनेको ६.८१ प्रतिशत हो। तर अर्थमन्त्री खतिडाले भने यो वर्ष आधरमूल्यमा कर जोडेपछि हुने उत्पादकको मूल्यमा भएको बृद्धिदरलाई उल्लेख गरेका हुन्।