प्रधानमन्त्री र कांग्रेस सांसदले बोलेका अमर्यादित शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं ।
गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादा विपरीतका शब्द संसदको अभिलेखबाट हटाइने भएको छ ।

शुक्रबारको बैठक सुरु भएसँगै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन् ।

बैठक शुरु गर्दै सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।

गत बैशाख २४ गतेको संसद बैठकमा प्रधानमन्त्रीले निति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेस सांसद् र प्रधामनन्त्री ओलीबीच भनाभन भएको थियो ।

प्रश्न सोध्ने र जवाफ दिने क्रममा दुवै पक्ष आवेगमा आएका थिए ।