स्काईभेटरमा आगजनी, प्रहरी बेखबर


नेपाल समाचारपत्र, रौतहट ।
रौतहटमा अज्ञात समुहले बिहीबार राती एउटा स्काईभेटरमा आगजनी गरेका छन ।
आगजनी बाट स्काईभेटर पुर्ण रुपमा क्षती भएको छ ।

रौतहटको गुजरा नगरपालिका–६ मा परसवा, पल्टुवा खतबैयामा निर्माणाधिन सडकमा प्रयोग भएको बा १ क ७३२४ नम्बरको स्काईभेटरमा आगजनी गरेका छन ।

शहरी बिकास मन्त्रालय अन्तर्गत सहरी पुर्वाधार निर्माणमा रहेको रमण, सगरमाथा, सगुन जेभि कन्ट्रक्सनको उक्त स्काइभेटरमा अज्ञात समुहले आगो लगाइ पुर्ण क्षती पुरयाएका छन । गएको २३ गते मात्रै पनि रौतहटको बाग्मती नदिमा गिट्टीजन्य पदार्थ उत्खननमा प्रयोग भएको स्काईभेटरमा आगजनी भएको थियो ।

बिकास निर्माणको कार्यमा प्रयोग भएको सबारी साधनमा क्षती पुर्याउँदा समेत आगजनी गर्ने समुह लाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

आफनो सबारी साधनमा आगजनी भएपछि निर्माण ब्यबसायी असन्तुष्ट बनेका छन । निर्माणाधिन सडकमा प्रयोग भएको स्काईभेटरमा आगजनी भएपछि रौतहट क्षेत्रनम्बर ३ का प्रतिनिधि सभा सदस्य एबम पुर्बमन्त्री प्रभु साह र कन्ट्रक्सनका प्रापाईटर. सहदेव खड्काले आज गृहमन्त्री राम बहादुर थापा (बादल)को ध्यानाकर्षण गराएका छन ।

उनीहरुले आगजनी गर्ने समुहको खोजी गरी कारबाही गर्न र क्षतीपुर्तीको लागि पहल गरिदिन समेत आग्रह गरेका छन ।