लेख्या माया पाइएन


लेख्या माया पाइएन देख्या माया चाइएन बोलको गीत सार्वजनिक भएको छ।
गायक नारायण थापाको प्रस्तुति रहेको गीतमा वसन्त सापकोटाको संगीत र राजेन्द्र थापाको शब्द रहेको छ।
यसको म्युजिक भिडियोमा अञ्जली अधिकारी, कमल सिं र एञ्जिला कार्कीले अभिनय गरेका छन्। आभूषण इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको यस भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ।