१ वर्षमा ७ सय भन्दा बढी महिला हिंसाको घटना, के गर्दै छ प्रहरी ?


सुभेन्द्र दास, सिरहा ।

जिल्ला प्रहरी कार्यालय सिरहाको चालु आर्थिक वर्ष २०७५/०७६ चैत सम्म जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ३ साय ९८ घरेलु हिंसा र ३ सय ४४ महिला हिंसासम्बन्धी उजूरी अएका छन । प्रहरीमा परेका उजुरीमा दाईजोका कारणले हुने हिंसा नखुलाइए पनि अधिकांश हिंसाका घटना दाइजोसँग सम्बन्धित रहेको महिला अधिकारकर्मी बताएका छन ।

त्यैसगरी सिरहामा चालु आर्थिक वर्ष २०७५/०७६ मा ३ जना महिलाको हत्या भएको छ । सिरहा जिल्लाको सिरहा नगरपालिका,मिर्चैया नगरपालिका ,कल्याणपूर नगरपालिका गरी तीनवटै घटनामा माइती पक्षले हत्या भएको किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले बताए ।

यात,मानव अधिकारका क्षेत्रमा कार्यरत इन्सेकको तथ्याकअनुसार सन् २०१८ मा सिरहा जिल्लाका विभिन्न ठाउँमा ६ जना महिलाको हत्या भएको छ ।

दाइजोका कारण नै विवाहित महिला मानसिक तथा घरेलु हिंसाको सिकार बनेका इन्सेक प्रदेश २ का कार्यक्रम संयोजक जागेश्वर यादव बताए ।

यादबका अनुसार सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी जम्मा १७ ओटा स्थानीयतह रहेको छ । प्राय सबै स्थानियतहहरुमा महिला हिंसाका घटनाहरु भए पनि कतिपय घटना बाहिर नआएको बताए ।