राजदूत कार्कीको कार्यकाल थपियो

0
Shares

काठमाडौं, (नेस)
अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यकाल थपिएको छ । मन्त्री परिषद्को सोमबारको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्री परिषद्ले गरेका निर्णय सार्वजनिक गर्न विहीवार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो–‘नयाँ राजदूत नियुक्त नहुँदासम्मका लागि उहाँको कार्यकाल थपिएको छ ।’ कार्की २०७१ माघ ३ मा अमेरिकाका लागि राजदूत सिफारिस हुनु भएको थियो ।