किरणबाबुको समय


रुकुम, (नेस)। रुकुमको विकट बस्ती सानीभेरी गाउँपालिका (साविकको दुली गाविस)को कोका लोक गायक तथा गीतकार किरणबाबु पुनले आफ्नो शब्द रचना तथा संगीतमा भारतीय गायिका सञ्जीवनी र आफ्नै स्वरमा समय बोलको गीत सार्वजनिक गरेका छन्।

मंगलबार युट्युबमार्फत किरणबाबुको गीत सार्वजनिक गरिएको हो। यसको म्युजिक भिडियो निर्देशन निर्देशक बाबुराजा केसी (उज्ज्वल) ले गरेका छन्। गीत केशव बडुले एरेन्ज गरेका हुन्। मधुर बस्नेतको छायांकन, नवीन घर्तीको सम्पादन, प्रेम थापा र सुशीला थापाको अभिनय रहेको गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ।

‘मैले निकै मेहनत गरेको छु। यसमा पनि वाचा गीतमा जस्तै एक गीतमै ३ विषयवस्तुलाई निरन्तरता झनै परिस्कृतरूपमा निरन्तरता दिने कोशिस गरेको छुु।’ –उनले भने। किरणबाबुले यसभन्दा पहिले पनि सञ्जीवनी र आफ्नै स्वरमा वाचा बोलको गीत बजारमा ल्याएका थिए।