आज प्रचण्डको पुनः विवाह हुँदै

0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार पुनः विवाह गर्दैहुनुहन्छ ।

पूर्व प्रधानमन्त्री प्रचण्डले आज पत्नी सीता दाहालसँग पुनः विवाह गर्नलाग्नु भएको हो । पत्नी सीतासँग विवाह गरेको ५० वर्ष पुगेको अवसरमा प्रचण्डले उहाँसँग पुनः विवाह गर्न लाग्नुहुने भएको हो ।

पत्नी सीता दाहाल केही वर्षदेखि अस्वस्थ हुनुहुन्छ । देश विदेशका विभिन्न अस्पतालमा उपचार गर्दा पनि उहाँ स्वस्थ हुन सक्नुभएको छैन ।

विवाहको ५० औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरे त्यसबाट उहाँमा सकरात्म प्रभाव पर्ने आफ्नजनले सुझाव दिएका छन् । त्यही कारण प्रचण्डको पुनः विवाह कार्यक्रमको आयोजना गरिएको हो ।

विवाह समाराेहमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता सहभागी हुने कार्यक्रम छ ।