आज कानुन दिवस: देशका सबै अदालत बन्द

0
Shares

काठमाडाैं । कानुन दिवस मनाउँन सर्वोच्च अदालतले देशभरका न्यायालयमा सार्वजनिक बिदा दिएको छ ।

नेपाल प्रधान न्यायालय ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते सो ऐनमा लालमोहर लगाएको स्मरण गर्दै हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाँइन्छ । सोही अनुसार आधुनिक न्याय प्रणालीको शुरुवातका रुपमा आज राष्ट्रिय कानुन दिवस मनाइँदैछ ।

आज सर्वोच्च अदाललते राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको उपस्थितिमा विशेष कार्यक्रमका साथ कानुन दिवस मनाउँदैछ ।